दार्चुला – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर सुरू भएको छ। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षामा पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत तथा मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा भइरहेको छ।

देशभर २,०७९ परीक्षा केन्द्र तोकिएको एसईईमा यस वर्ष ५ लाख १४ हजार ७१ परीक्षार्थी सहभागी भएका छन्। गत वर्षको तुलनामा परीक्षार्थीको संख्या ४९ हजार २८६ ले वृद्धि भएको छ। जापानस्थित एक परीक्षा केन्द्रमा २९ जना विद्यार्थीले परीक्षा दिइरहेका छन्।

सबैभन्दा बढी परीक्षार्थी काठमाण्डौमा ३९,६०० छन् भने सबैभन्दा कम मनाङमा ४३ जना सहभागी छन्। एसईई परीक्षा चैत १९ गतेसम्म सञ्चालन हुनेछ। परीक्षा बोर्डले असार ७ गतेभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ। लेटर ग्रेडिङ प्रणालीअनुसार नतिजा प्रकाशन हुनेछ, जसअनुसार न्यूनतम ३५ अंकभन्दा कम ल्याउने परीक्षार्थी अनुत्तीर्ण मानिनेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय