दार्चुला: दार्चुलाको महाकाली-५ मा भारतको जेसीबी निर्भीक रूपमा नेपाली भूमि जोतिरहेको छ। नेपाली नागरिकहरूलाई धम्क्याइरहेको छ, तर नेपाल सरकार लाज पचाएर चुप छ! यस्तो बेला सरकारको चुप्पी आत्मसमर्पण होइन र? सिंहदरबारमा बसेर कुर्सीको व्यापार गर्नेहरू, तपाईंहरूको यो मौनता अपराध होइन र?

देश बनाउनेहरू खोई ? चुनावको बेला गल्ली–गल्ली गाउँगाउँ घर-घर दौडिने, राष्ट्रवादको भाषण ठोक्ने, माइक समात्दा नेपाल आमाको माया देखाउनेहरू आज सीमाको माटोमाथि सिधै प्रहार हुँदा किन तपाईहरुको जिब्रोमा चाबी लागेको छ? किन अक्मकाएका छन् तपाईंका राष्ट्रभक्तमा बोलिने ती नाराहरू । कहाँ छ तपाईँको त्यो राष्ट्रवाद र तपाईंको त्यो राष्ट्रपतिको प्रेम जुन चुनावको बेला प्रत्येक जनताको कान कानमा र डाँडाकाँडाहरूमा समेत ठूला माइक लगाएर बजाइएका थिए।

सत्ता जोगाउन मरिहत्ते गर्नेहरू, कुर्सीका लागि लम्पसार पर्नेहरू, तपाईँहरूको इज्जत? खाडीमा पसिना बगाउने नेपालीका नाममा राजनीति गर्नेहरू, तर आफ्नै भूमिमा अर्काको डोजर चलेर जनताले सास्ती खेप्दा किन हेक्का छैन? यो तपाईंको विषय हैन् र ? यसमा तपाईंको ध्यान छैन र ।

यो सामान्य विषय होइन, यो सम्पूर्ण नेपालीको अस्तित्वको प्रश्न हो! एक इन्च भूमि पनि गुम्न दिन्नौं! सरकार अब पनि मौन बसे, यो जनता चुप लागेर बस्नेवाला छैन!

अब सरकारको मुखतिर होइन, सीमातिर हेर्ने बेला आएको छ। जनताले नै आफ्नै भूमि जोगाउनुपर्ने अवस्था आउन लाग्यो। अनि त्यसको जिम्मेवार को? नेपाल सरकारको यो यो जिम्मेवारी विहिन अवस्थामा अब नेपाली जनताले सहनेवाला छैन!

सरकार, अब पनि निदाइरहन्छौ? कि तिम्रो पनि त्यो सिंहदरबारसहित अन्त्य हुने दिन आयो? एक्का रहोस् नेपाली जनताको मतले नै आज कुर्सीको र सत्ताको भोगी भएकाहरू । तपाईँहरूको अन्त्य पनि राजतन्त्रको अन्त्य जनताले गरे जसरी नै पक्कै गर्नेछन् ।

✍️ नरेश प्रसाद जोशी 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय