दार्चुला – सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत दार्चुला बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन २०८१ को प्रक्रिया अघि बढिरहेको छ। निर्वाचन अधिकृत करन सिंह साउदद्वारा जारी प्रमाण पत्रअनुसार अखिल (क्रान्तिकारी) को केन्द्रीय समिति दर्ता भएको छ।

सुदूरपश्चिम विश्वविद्यालय रजिष्ट्रारको कार्यालय, सामान्य प्रशासन महाशाखाबाट मिति २०८१ फागुन २७ गते जारी पत्रका आधारमा अखिल (क्रान्तिकारी) को उम्मेदवारी २०८१ चैत्र १२ गते आधिकारिक रूपमा दर्ता गरिएको हो।

स्ववियु निर्वाचनका लागि विभिन्न विद्यार्थी संगठनहरू तयारी अवस्थामा रहेका छन्। आगामी निर्वाचन प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय