
दार्चुला — दार्चुला जिल्लाको लेकम गाउँपालिका-५ गोगना बिराली क्षेत्रमा जंगली बँदेलको बथानले गहुँबालीमा ठूलो क्षति पुर्याएको छ।
स्थानीयहरूका अनुसार पछिल्लो दुई–तीन सातादेखि रातिको समयमा बँदेलको समूह खेतबारीमा पसी पाक्न लागेको गहुँ तथा केराउ बाली नष्ट गर्दै आएको छ। किसानहरू बाली जोगाउन रातभर जाग्राम बस्न बाध्य भएका छन्।