दार्चुला — “नाच्चिकन सुवा” बोलको देउडा गीतपछि उपेन्द्र सिंह ठगुन्ना (खर्कालो) को लय तथा शब्द सिर्जनामा तयार गरिएको नयाँ लोकदोहोरी गीत “घडी हातैमा” सार्वजनिक गरिएको छ।
उक्त गीतमा उपेन्द्र सिंह ठगुन्ना, केशव धामी र सन्तोष लुहारको सुमधुर स्वर रहेको छ। गीतमा दुई प्रेमीबीचको मायाप्रेमको गहिरो भावना र भेट्ने तीव्र इच्छालाई संगीतमार्फत प्रस्तुत गरिएको छ।
गीतमा अभिनय भने दार्चुलाबाट अभिनय क्षेत्रमा सक्रिय जोन बम र लोकप्रिय मोडेल आयुस्मा कार्कीले गरेका छन्। गीतको निर्देशन तथा कोरियोग्राफी समीर ठोकरले गरेका छन् भने छायांकन सुशील डाँगीले गरेका छन्। गीतको पोस्ट-प्रोडक्सनको काम एक्सन मिडिया ले गरेको हो।
लक्ष्मण ठगुन्नाको प्रायोजनमा बनेको सो गीत सङ्करा डिजिटल र अलिसा डिजिटलमा रेकर्ड गरिएको हो। “घडी हातैमा” खिचडी दार्चुला युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। https://youtu.be/P4yt9ThFai4?si=FYMWIJI-_zKiF_eh
उपेन्द्र सिंह ठगुन्ना (खर्कालो) अपि कला, संस्कृति तथा साहित्यिक मञ्चका अध्यक्ष समेत हुन्। प्रथम दार्चुला आइडलको उत्कृष्ट १० मा पर्न सफल उनी विगतमा अपि कलामार्फत विभिन्न स्थानमा सडक नाटक र सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिसकेका छन्।



