दार्चुल: दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिका वडा नं. ५ ले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ४०० मिटर र ८०० मिटर दौडतर्फ दुई स्वर्ण पदक जितेकी श्री भवानी मा.वि. सौगान्नामा अध्ययनरत छात्रा रमिला धामीलाई प्रोत्साहनस्वरूप रु १०,००० नगद प्रदान गरेको छ।
अपिहिमाल गाउँपालिका स्तरीय खुला भलिबल प्रतियोगिताको समारोहको अवसर पारेर सो सम्मान प्रदान गरिएको हो।
त्यस्तै, रमिला धामीलाई भू.पु. विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्र सिंह धामीले रु १,००० र प्रतियोगिताका विजेता–उपविजेता टिमको तर्फबाट संयुक्त रूपमा थप रु १,००० नगद प्रदान गरिएको छ।

