दार्चुला:बिसु पर्व सम्पन्न भएसँगै दार्चुला जिल्लाको नौगाड गाउँपालिका–४ सिप्टिमा सुरु भएको जिल्ला स्तरीय खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। गाउँ खेलकुद विकास समितिको आयोजनामा गणेश विनायक माविको प्राङ्गणमा सुरु भएको प्रतियोगितामा महिला तर्फ पाँच टिमको सहभागिता रहेको छ भने पुरुष तर्फ हालसम्म १२ टिमले नाम दर्ता गराएका छन्।

महिला तर्फको उद्घाटन खेलमा मार्मा टोलिले 3 Star टिमलाई १९–२५ र १२–२५ को सोझो सेटमा पराजित गर्दै पहिलो जित दर्ता गरेको छ। महिला तर्फका खेलहरू लिग चरणमा खेलाइने छन् भने पुरुष तर्फका खेलहरू नकआउट चरणमा सञ्चालन गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा पुरुष तर्फ प्रथम हुने टिमले नगद रु. ५१,१५१, द्वितीयले रु. ३१,१३१ र तृतीयले रु. २१,१२१ पुरस्कार प्राप्त गर्नेछ। त्यस्तै, महिला तर्फ प्रथम पुरस्कार नगद रु. १०,०००, द्वितीय रु. ८,२७२ र तृतीय रु. ४,०८२ रहनेछ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन गाउँ खेलकुद विकास समितिका अध्यक्ष रमेश सिंह ठगुन्नाको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा नौगाड गाउँपालिकाका उपाध्यक्ष जगत सिंह ठगुन्ना प्रमुख अतिथि रहनु भएको थियो भने विशेष अतिथिको रूपमा वडा नं. ४ का अध्यक्ष कृष्ण सिंह धामीको उपस्थिति रहेको थियो।

उपेन्द्र सिंह ठगुन्ना (खर्कालो)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय