दार्चुला — दार्चुला जिल्लाको नौगाड गाउँपालिका–५ स्थित पैर्‍याल ट्रेड सप्लायर्स एण्ड होटलका संचालक एवं समाजसेवी गोबिन्द सिंह ठगुन्नाद्वारा कक्षा ८ को बोर्ड परीक्षामा ३.७३ जीपीए सहित नौगाड गाउँपालिका स्तरमै प्रथम भएकी सरस्वती ठगुन्नालाई नगद रु ५,००० सहित सम्मान गरिएको छ।

गणेश विनायक माध्यमिक विद्यालय, सिप्टिमा अध्ययनरत ठगुन्ना नौगाड–४ की स्थायी बासिन्दा जस्मल सिंह ठगुन्नाकी नतिनी तथा बहादुर सिंह ठगुन्नाकी छोरी हुन्।

सानैदेखि पढाइमा अब्बल ठहरिएकी सरस्वतीलाई प्रोत्साहनस्वरूप सम्मान गरिएको कार्यक्रमका प्रमुख अतिथि ठगुन्नाले जानकारी दिए। उनले भविष्यमा पनि यस्ता सामाजिक कार्यमा संलग्न रहने प्रतिवद्धता व्यक्त गरे।

सम्मान कार्यक्रम स्थानीय विद्यालय परिसरमै आयोजित गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय