दार्चुला मंसिर ०५। कानुन न्याँय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडू गृह जिल्ला दार्चुला आईपुगेका छन । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत जिल्लाको सातौ महाधिवेशन उद्धघाटनको लागी गृह जिल्ला दार्चुला पुग्नु भएको निजि सचिवालयले जनाएको छ । जिल्लाको सातौ महाधिवेशन उद्धघाटन यहि मसिर ७ गते हुने भएको छ । कानुन न्याँय तथा संसदीय मामिला मन्त्रालय सम्हालेपछि मन्त्री बडू दोस्रो पटक जिल्ला आई पुग्नु भएको हो । दार्चुलामा नेपाली कांग्रेसको वडा र पालिका अधिवेशन यस अघिनै सम्पन्न भएको छ । प्रदेश क्षेत्र नं १ (क) (ख) मा निर्वाचन निर्वाचन सकिएसँगै मतगणना कार्य भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय