दार्चुला, बैशाख १० – लेकम गाउँपालिका–१, खेतालीस्थित चौलानी नदीको बीचमा आज दिउँसो करिब १:५० बजे अन्दाजी ४० देखि ४५ वर्ष उमेरको एक पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जानकारी दिएको छ।

प्रहरीका अनुसार शवको पहिचान खुल्न नसकेको र हालसम्म मृतकको बारेमा कुनै जानकारी प्राप्त नभएकाले उक्त व्यक्तिलाई चिनेको वा कुनै जानकारी भएको खण्डमा नजिकको प्रहरी इकाइ वा इलाका प्रहरी कार्यालय गोकुलेश्वर, दार्चुलामा सम्पर्क गर्न अनुरोध गरिएको छ।

सम्पर्क नं.: ०९३–४०००५५, ९८५८७५३४७०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय