दार्चुला– दार्चुला जिल्लाकोनौगाड गाउँपालिका–३ अन्तर्गत जामिर सिमल्धार सामुदायिक वन क्षेत्रमा बाघको आक्रमण बढ्दै गएको छ। पछिल्ला दिनमा बाघले घरको आँगनबाट एक कुकुर र बन क्षेत्रबाट एक बाख्रा लगेपछि स्थानीयवासीमा त्रास फैलिएको छ।

जामिर बालुवाटार पारी वारिपट्टिको जङ्गल क्षेत्रमा सक्रिय बाघले मानव वस्ती नजिक पुगेर आक्रमण गर्न थालेपछि सो क्षेत्र भएर दैनिक आवतजावत गर्ने नागरिकहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गर्दछौं।

स्थानीयवासीहरूले यस्ता घटनाले मानवीय सुरक्षामा समेत खतरा थपिएको भन्दै अपिनम्पा, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, तथा नौगाड गाउँपालिकाको ध्यानाकर्षण गराएका छन्।

यस क्षेत्रमा बाघको गतिविधि बढ्दै गएकाले तत्काल आवश्यक सुरक्षा उपाय र वन्यजन्तु नियन्त्रणको व्यवस्था गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय