दार्चुला — दार्चुला जिल्लाको लेकम गाउँपालिका वडा नम्बर ५ स्थित चन्नौलामा नेपाल टेलिकमको 4G टावर २०८१ साल चैत्र ११ गतेदेखि सञ्चालनमा आएको हो। सो टावर सुचारु हुनुभन्दा अगाडि विभिन्न ठाउँहरूमा मोबाइल नेटवर्क राम्रै आउने गरेको थियो। तर, टावर सञ्चालनमा आएपछि बिपरित असर देखिएको भन्दै स्थानीयवासीहरू चिन्तित बनेका छन्।

स्थानीयको भनाइ अनुसार, टावर सञ्चालन भएपछि पहिला राम्रोसँग नेटवर्क उपलब्ध हुने ठाउँहरूमा समेत अहिले सम्पर्क गर्दा समस्या आउने, फोन काटिने र इन्टरनेट सुस्त हुने जस्ता समस्या देखिन थालेका छन्। यस्तो समस्या समाधानका लागि वडास्तरीय बैठक बसेर आवश्यक निर्णय गरिनुको साथै नेपाल टेलिकमलाई सिफारिस गरिएको छ।

२०८२ साल जेठ ७ गते वडाध्यक्ष बलदेव सिंह बोहराको अध्यक्षतामा बसेको बैठकमा समस्या समाधानको पहलस्वरूप नेपाल टेलिकम दार्चुला शाखालाई  पत्रमार्फत सिफारिस गरिएको हो। बैठकमा २८ जना स्थानीयवासीहरूको उपस्थिति र हस्ताक्षरसहित निर्णय पारित गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय