दार्चुला: लोकतान्त्रिक निर्माण व्यवसायी संघ दार्चुलाको प्रथम जिल्ला भेला तथा अधिवेशन सम्पन्न भएको छ । नेपाली काङ्ग्रेस दार्चुलाको पार्टी कार्यालयमा भएको भेला तथा अधिवेशनले सर्वसम्मत रूपमा महेश सिह धामिको अध्यक्षतामा लोकतान्त्रिक निर्माण व्यवसायी संघको जिल्ला कार्यसमिति चयन गरिएको हो ।

लोकतान्त्रिक निर्माण व्यवसायी संघ दार्चुलाका तदर्थ समितिका संयोजक महेश सिह धामीको अध्यक्षता र जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख एवं नेपाली कांग्रेस दार्चुलाका कार्यवाहक सभापति महादेव बडुको प्रमुख आतिथ्यता र लोकतान्त्रिक निर्माण व्यवसायी संघ सुदुरपश्चिम प्रदेशका संयोजक मदन बहादुर कुवरको विशिष्ट आतिथ्यतामा भएको जिल्ला भेला तथा अधिवेशनमा नेपाली काङ्ग्रेस दार्चुलाका सचीव पुलेन्द्र बहादुर कार्की, महासमिति सदस्य हरक सिह बिष्ट लगायत काङ्ग्रेस निकट निर्माण व्यवसायीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा निर्माण व्यवसायी संघ दार्चुलाका अध्यक्ष सर्पराज बडुले लोकतान्त्रिक निर्माण व्यवसायी संघका प्रदेश संयोजक मदन बहादुर कुवर र जिल्ला समन्वय समिति प्रमुख महादेव बडु लाई अल्लोको कोट र देशकै सातौधाम मालिकार्जुन मन्दिरको फोटो मायाको चिनोको स्वरुप उपहार दिएका थियो ।

नेपालको सर्वाङ्गिण विकासमा महत्त्वपूर्ण भुमिका रहेको निर्माण व्यवसायलाई थप सबल र आधुनिक बनाई नेपालको संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था अनुरुप संघिय प्रादेशिक तथा स्थानीय तहमा लोकतान्त्रिक निर्माण व्यवसायीहरुलाई संगठित बनाएर अन्तर्राष्ट्रिय स्तरमा समेत प्रतिस्पर्धा गर्न सक्ने क्षमता विस्तार गरि ब्यवसायीक हक हितको संरक्षण एवं सम्बर्द्धन गर्न नेपाली काङ्ग्रेसको शुभेच्छुक संस्थाको रूपमा लोकतान्त्रिक निर्माण व्यवसायी संघ गठन गरिएको जिल्ला समन्वय समिति प्रमुख महादेव बडुले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय