दार्चुला — दुहुँ गाउँपालिका–२ हिकिला चानाखोली लस्या स्थायी घर भई हाल भारतको बेंगलोरस्थित स्टोभक्राफ्ट लिमिटेड कम्पनीमा कार्यरत समाजसेवी उत्तम बहादुर बमले स्थानीय विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन्।

स्व. दौले बम र मङ्गला देवी बमका सुपुत्र समाजसेवी बमले दुहुँ गाउँपालिका–२ अन्तर्गतको श्री गौरिल माण्डौ मा.वि. हिकिलाको आ.वि. तह वडगाडामा अध्ययनरत बालविकासदेखि कक्षा ५ सम्मका ७३ जना विद्यार्थीहरूलाई कापी, डटपेन, पेन्सल लगायतको करिब ६०,००० रुपैयाँ बराबरको शैक्षिक सामग्री वितरण गरेका हुन्।

विद्यार्थीको अध्ययनमा सहयोग पुगोस् भन्ने उद्देश्यले गरिएको यस कार्यको नेपाल तरुण दल दुहुँले प्रशंसा गर्दै समाजसेवी बमप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। साथै, यस्ता प्रेरणादायी कार्यले शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै उत्तम बहादुर बमको उत्तरोत्तर प्रगति र सुखद जीवनको कामनासमेत गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय