
दार्चुला: लोकप्रिय गायक तथा सर्जक दीपक बोहराको नयाँ सिर्जना “कलेजी रेटी गई” सार्वजनिक भएको छ। लभ लाईट म्युजिक स्टुडियोको युट्युब च्यानलमार्फत भिडियोसहित गीत सार्वजनिक गरिएको हो।
स्वयम् बोहराकै लय र संगीतमा बनेको यस गीतमा स्वर दिएका छन् बिरेन्द्र अंशुले। एरेन्जको जिम्मा बिजय थापा मगरले सम्हालेका छन् भने, गीत विशेष डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो।
मायाको आगोमा पोलिएका भावनाहरू समेटिएको यस गीतको भिडियोमा थापा कमल विवेक, कल्पना नेपाली र गोविन्द गिरिको सशक्त अभिनय देख्न सकिन्छ। भिडियो निर्देशन स्वयं थापा कमल विवेकले गरेका छन्।
गीतले मन छुने शैलीमा प्रेम, पीडा र बिछोडको कथा बयान गर्छ। बोहराले अघिल्ला गीतहरूजस्तै यो गीतलाई पनि मन पराइदिने विश्वास व्यक्त गर्दै श्रोता–दर्शकहरूलाई प्रेमसहितको अनुरोध गर्नुभएको छ।