
दार्चुला — दार्चुला जिल्लाको मार्मा गाउँपालिका–४ स्थायी घर भई हाल बजकोटमा बस्दै आएका मानबहादुर सिंहका १६ वर्षीय कान्छा छोरा नरेन्द्र सिंह चार दिनदेखि सम्पर्कविहीन भएका छन्।
नरेन्द्र सिंह मार्मा गाउँपालिकास्थित तपोवन माध्यमिक विद्यालयका विद्यार्थी हुन्। उनले हालै कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका थिए। एसईईको नतिजा प्रकाशित भएको दिनदेखि उनी सम्पर्कविहीन भएका हुन्।
परिवारका अनुसार उनी “धनगढी जान्छु” भनेर २०८२ साल असार १४ गते घरबाट निस्किएका थिए। त्यसयता उनको मोबाइल अफ रहेको र अहिलेसम्म कुनै सम्पर्क हुन नसकेको जनाइएको छ।
उनलाई भेट्नुभएका वा उहाँबारे कुनै जानकारी भएका महानुभावले कृपया ९८६८८६३६०९ मा सम्पर्क गरी खोजी कार्यमा सहयोग गरिदिन परिवारको हार्दिक अनुरोध छ।
कृपया यो सूचना सेयर गरी चिन्तित परिवारलाई साथ दिनुहोस्। 🙏