
दार्चुला मंसिर ०७। जिल्लाको छाङरु र तिंकरमा सोमवार देखी जनगणनाको काम सुरु भएको छ । भारतले वाटो नदिएपछि नेपालको वाटो हुदै उक्त क्षेत्र पुगेका साहायक जनगणना अधिकारी खगेन्द्र कार्कीको टोलीले हिजो देखी काम सुरु गरेको वुझनमा आएको छ ।
जिल्लामा झण्डै ९० प्रतिशत जनगणनाको काम सम्पन्न भइसकेको जिल्ला जनगणना कार्यालय दार्चुलाका जनगणना अधिकृत पदमराज पाण्डेले जानकारी दिए ।
जनगणना गर्न ढिलाइ भएको व्यास गाउँपालिका वडा नम्बर १ मा दुई दिन भित्रमै गणनाको काम सम्पन्न हुने वुझीएको छ ।
सुपरिवेक्षकले नियमित रूपमा गणकसँग समन्वय गरिरहेको र सुपरिवेक्षकले जिल्ला जनगणना कार्यालयमा जनगणनाको प्रगतिबारे विवरण दिने गरेका उनले वताए ।
अब जनगणना सम्पन्न हुन दुई दिन मात्र बाँकी भएकाले कोही व्यक्ति छुटेको भए गणक, सुपरिवेक्षक, वडा कार्यालय, पालिका र जिल्ला जनगणना कार्यालयमा सम्पर्क गर्न उनले आग्रह छ ।