दार्चुला: दार्चुलाको लेकम गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि भएको भनिएको राजनीतिक प्रतिशोधको विरोधमा हस्ताक्षर अभियान तीव्र रूपमा सञ्चालन भइरहेको छ। उक्त अभियानमा युवादेखि वृद्धसम्मको उल्लेखनीय सहभागिता देखिएको छ।

रास्वपा लेकमका अध्यक्ष महेश नाथका अनुसार लेकम–६ मा स्थानीयवासीहरू सक्रिय रूपमा हस्ताक्षर अभियानमा जुटिरहेका छन्। “रवि लामिछानेमाथिको कारबाही राजनीतिक प्रेरित देखिएकाले आमजनताको आवाज उठाउन हस्ताक्षर संकलन गरिँदैछ,” उनले भने।

त्यस्तै, लेकम–३ का रास्वपा अध्यक्ष मनोज पन्तले पनि अभियानमा उत्साहजनक सहभागिता रहेको जनाएका छन्। “रवि लामिछाने यो देशको आशा र भरोसा हुन् भन्ने विश्वासले यहाँका बासिन्दा स्वतःस्फूर्त रूपमा अभियानमा सहभागी भएका छन्,” उनले बताए।

लेकम–२ सिमारका युवा युवराज भट्टले सरकारले वैकल्पिक राजनीतिक धारलाई दबाउन लामिछानेलाई निशाना बनाएको आरोप लगाए। “यस्तो अन्यायविरुद्ध हामी गाउँ–गाउँमा हस्ताक्षर संकलन गर्दैछौं,” उनले भन्नुभयो।

रास्वपाका युवादेखि आम नागरिकसम्म मिलेर सञ्चालन गरिएको यो अभियानले रवि लामिछानेप्रति रहेको जनसमर्थनलाई स्पष्ट रूपमा देखाएको छ। उनीमाथि गरिएको व्यवहारको विरोधमा नागरिकहरूले हस्ताक्षरमार्फत आफ्नो असन्तुष्टि सार्वजनिकरूपमा अभिव्यक्त गरिरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय