दार्चुला – भारतको ब्याङलोरमा होटलमा काम गर्दै आएका दार्चुला जिल्लाको दुहुँ गाउँपालिका–५ निवासी जमन सिंह कार्कीका कान्छा छोरा महेस कार्कीको मृत्यु भएको छ।

२३ वर्षीय महेस केही समयदेखि ब्याङलोरको हात्तिपाइले क्षेत्रमा रहेको एक होटलमा कार्यरत थिए। होटलको काम सकेर औषधि लिन्छु भन्दै निस्किएका उनी राति १० बजेसम्म कोठामा नफर्किएपछि खोजतलास सुरु गरिएको थियो।

सम्पर्कविहीन भएपछि होटल सञ्चालकले नजिकका अस्पतालहरूमा जानकारी लिँदा एक अस्पतालमा अज्ञात अवस्थाको शव भेटिएको जानकारी प्राप्त भयो। सो शव महेस कार्कीको भएको पुष्टि भएको छ।

उनी अस्पतालसम्म कसरी र कसले पुर्‍यायो भन्ने विषयमा भने अझै स्पष्ट हुन सकेको छैन।

महेसको असामयिक निधनले परिवार, गाउँ तथा  नेपाली समुदायमा शोक छाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय