दार्चुला — जिल्लाको मार्मा गाउँपालिका–४ निवासी मान बहादुर सिंहका छोरा नरेन्द्र सिंह हराएको निवेदनपछि प्रहरीद्वारा खोजतलास गरिएको थियो। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार २०८२ साल साउन १७ गते कैलाली प्रहरी कार्यालयबाट हुलिया परिपत्र जारी गरिएपछि खोजी कार्य अघि बढाइएको हो।
प्रहरी टोलीले नरेन्द्र सिंहलाई मार्मा गाउँपालिका–३ स्थित लटिनाथ बजारमा फेला पारी उनका बुवा मान बहादुर सिंहको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
