बैतडी । बझाङबाट धनगढी जाँदै गरेको जीप बैतडीको पाटन नगरपालिका–८ अनारखोलिमा दुर्घटनामा परेको छ।

बिहीबार अपराह्न करिब ४ बजेतिर से १ ज १००५ नम्बरको बेलोरो जीप अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खस्दा चार जना घाइते भएका हुन्।

घाइते हुनेमा बझाङ दुर्गाथली गाउँपालिका–६ का ३३ वर्षीय लोकेन्द्र महत, १३ वर्षीय औजित महत, ३० वर्षीया सरस्वती धामी र ४५ वर्षीय ओमजंग कडायत रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलाराम पाण्डेका अनुसार घाइतेहरूको अवस्था सामान्य रहेको छ र उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनापछि गाडी चालक रमेश जाग्रीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान थालेको जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार जीप अनियन्त्रित भई सडकबाट खसेको हो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय