दार्चुला — “देश विकासको जग माटोमै हुन्छ” भन्ने विश्वासका साथ अखिल (समाजवादी) दार्चुला जिल्लाले आत्मनिर्भरताको सन्देशसहित कृषिमा कदम चालेको छ। लेकम गाउँपालिका–४ बुडाकोटमा जिल्ला इन्चार्ज भुवन जोशीको अगुवाइमा करिब ३०० बोट सुन्तला रोपेर व्यावसायिक खेतीको सुरुवात गरिएको हो।

जोशीका अनुसार, कृषिमार्फत मुलुकलाई आत्मनिर्भर बनाउने लक्ष्य राख्दै संगठनले उत्पादनमुखी अभियानलाई प्राथमिकता दिएको छ। “कृषि क्रान्तिबाट मात्रै हामीले आत्मनिर्भर समाज निर्माण गर्न सक्छौं,” उहाँले भन्नुभयो।

स्थानिय युवालाई स्वदेशमै रोजगारी र सम्भावना देखाउने उद्देश्यले सुरु गरिएको यो अभियानले दार्चुलामा व्यावसायिक कृषि सम्भावनाको नयाँ ढोका खोलेको छ। माटोमा माया र पसिना मिसाएर सुरु गरिएको यो यात्रा, आत्मनिर्भर भविष्यतर्फको एउटा गहिरो पाइलाका रूपमा हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय