दार्चुला: केही महिना अघि एउटा नागरिक गम्भीर समस्या लिएर प्रधानमन्त्रीज्यूलाई भेट्न गएका थिए। उहाँलाई सजिलैसँग भेट्न दिइएन। आलोचना बढेपछि बल्ल केही दिनपछि मात्रै भेट दिइयो। तर उता टिकटकरहरूलाई भने आफैंले बोलाएर स्वागतसाथ भेट्नुभयो।

कुनै कलाकारको गीत भाइरल भयो, प्रधानमन्त्रीज्यूले तुरुन्तै आफ्नो फेसबुकमार्फत बधाई दिनुभयो।

तर दार्चुलामा पटक–पटक तुइनबाट मान्छेहरू खसिरहँदा, ज्यान गुमाउँदा, किन एक शब्द पनि बोल्न सक्नुभएन?

तपाईंले पहिलोपटक प्रधानमन्त्री हुँदा देशलाई तुइनमुक्त बनाउने घोषणा गर्नुभएको थियो।

तर त्यो बोली खै अहिले? २०५० सालदेखि हालसम्म २३ जना नागरिकले तुइनबाट खसेर ज्यान गुमाइसकेका छन्।

हिजो मात्रै २८ वर्षीय नारायण बुढाथोकी तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता हुनुभयो।

भारतले पटकपटक नेपालको भूमि मिचिरहँदा पनि तपाईंको आवाज सुनिँदैन।

भारत जान समय हुन्छ, अरू देश भ्रमण गर्न समय हुन्छ, तर दार्चुलामा भइरहेको अन्याय हेर्नका लागि समय हुँदैन?

प्रधानमन्त्रीज्यू, दार्चुलालाई किन हेपिरहनुभएको छ?अब कहिले बोल्नुहुन्छ? कहिले आवाज उठाउनुहुन्छ? कहिले समाधान गर्नुहुन्छ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय