दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकाले अर्थ मन्त्रालयको परिपत्र र करार सम्झौताविपरीत दुई करार कर्मचारीलाई महंगी भत्ता र स्थानीय भत्ता भुक्तानी गरेको पाइएको छ। महालेखा परीक्षण प्रतिवेदन अनुसार नगरपालिकाले वितरण गरेको भत्ता रकम रु १,२८,०५२ असुल उपर गर्नुपर्ने देखिएको हो।

२०७९ साल बैशाख २१ गतेको अर्थ मन्त्रालयको परिपत्रले करारका कर्मचारीलाई महंगी भत्ता नदिने व्यवस्था गरे पनि शैल्यशिखर नगरपालिकाले त्यो अवज्ञा गर्दै भत्ता वितरण गरेको हो। साथै, करार सम्झौतामा स्थानीय भत्ता दिने उल्लेख पनि नभएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

नगरपालिकाबाट भरत सिंह विष्टलाई ८ महिनाको रु १६ हजार महंगी भत्ता र रु ६१ हजार ६८० स्थानीय भत्ता, कुल रु ७७ हजार ६८० वितरण गरिएको छ। यस्तै, विरभद्र जोशीलाई ६ महिनाको रु १२ हजार महंगी भत्ता र रु ३८ हजार ३७२ स्थानीय भत्ता, कुल रु ५० हजार ३७२ वितरण गरिएको छ।

महालेखा परीक्षण प्रतिवेदनमा यो कार्य परिपत्र र सम्झौता विपरीत भएको भन्दै सो रकम दुबै कर्मचारीबाट असुल गर्नुपर्ने स्पष्ट रूपमा उल्लेख गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय