दार्चुला: दार्चुला जिल्ला, शैल्यशिखर नगरपालिका–८, पपरथलाका हरिदत्त जोशीका छोरा तथा रामदत्त जोशीका नाति राजेन्द्र जोशी, हाल गलैनाथ माध्यमिक विद्यालय, झरकाडामा कक्षा १२ मा अध्ययनरत, २०८२ साउन ६ गते भिरबाट खसेर गम्भीर घाइते भएका छन्।

घटनापछि उनलाई तत्काल धनगढीस्थित माया मेट्रो हस्पिटलमा भर्ना गरि उपचार भइरहेको छ। उपचार निकै खर्चिलो हुँदै गएको र परिवारको आर्थिक अवस्था कमजोर रहेकोले उपचारमा समस्या आइरहेको परिवारले जनाएको छ।

त्यसैले, राजेन्द्रको जीवनरक्षाको लागि सबै मनकारी व्यक्ति, संस्था र शुभचिन्तकहरूमा सक्दो आर्थिक सहयोग गर्न परिवारले हार्दिक अपिल गरेका छन्।

सहयोग गर्न सकिने बैंक विवरण:
खातावाला नाम: Hari Datt Joshi
बैंकको नाम: Global IME Bank
शाखा: गोकुलेश्वर, दार्चुला
खाता नम्बर: 20107010084756 सम्पर्क व्यक्ति कृष्णनन्द जोशी – 9766570303

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय