दार्चुला: दार्चुला जिल्लाको लेकम गाउँपालिका वडा नम्बर ४ ओडीगाउँकी मञ्जु गिरी सात वर्षीया छोरीसहित भारतको बेङ्गलोरबाट फरार भएकी छन्।
उनका श्रीमान् वीरेन्द्र गिरीका अनुसार, साउन ७ गतेका (२३ तारिक) दिन काममा गएकै बेला मञ्जुले फोन गरेर भनिन्, “म अर्कैसँग गइसकेँ।” त्यसपछि सम्पर्कविहीन भएको उहाँका श्रीमानले जानकारी दिनुभयो।।
“भोलिका दिनहरूमा केही तलमाथि भएमा म जिम्मेवार हुने छैन,” श्रीमान् गिरीले बताएका छन्। उनले सम्पर्कमा आएर डिभोर्स गरेर जान आग्रह समेत गरेका छन्।
श्रीमान् गिरीले मञ्जुलाई सम्पर्क गरी माइतीलाई जानकारी गराएर अघि बढ्न अनुरोध गरेका छन्।
