दार्चुला — ब्यास गाउँपालिका वडा नं. ६ का सुबेश जग कुवरले नेकपा एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

काठमाडौँमा आयोजित दार्चुला–काठमाडौँ सम्पर्क समितिको चौथो अधिवेशनको उद्घाटन समारोहका अवसरमा उनले नेपाली कांग्रेसको पार्टी सदस्यता ग्रहण गरेका हुन्।

उनीलाई नेपाली कांग्रेसका विभिन्न नेता तथा कार्यकर्ताहरूले औपचारिक स्वागत गरेका थिए। साथसाथै कुवरले नेपाल विद्यार्थी संघ (ने.वि.सं.) को समेत सदस्यता लिएका छन्।

कार्यक्रममा बोल्दै नेताहरूले कुवरको कांग्रेस प्रवेशले पार्टीलाई युवामुखी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। साथै, यसले गाउँ तहसम्म संगठनलाई थप सशक्त र गतिशील बनाउने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय