दार्चुला — जङ्गली जनावरको आतङ्कका कारण दार्चुलाका किसानहरू रातदिन खेतबारीमै बस्न बाध्य भएका छन्। बँदेल, दुम्सी, बाँदर र भालुजस्ता जनावरहरूले मकैबाली लगायतका अन्नबालीमा व्यापक क्षति पुर्‍याएपछि किसानहरू चिन्तित बनेका छन्।

जिल्लाका ९ वटै स्थानीय तहमा विशेषगरी जङ्गली बँदेलले मकैबालीमा ठुलो क्षति पु¥याउँदै आएको छ। लेकम गाउँपालिका–४ का नारद गरी भन्छन्, “मकैबाली जोगाउन रातदिन खेतमै टहरा बनाएर बस्नुपर्छ, तर जोगाउन हम्मे पर्छ। भर्खरै घोगा लाग्न थालेको मकै बाली नै बँदेलले सखाप पारिदियो।”

उही वडाका अर्का किसान भोजराज पन्त भन्छन्, “हरेक वर्ष दुई महिना अनिदो बस्नुपर्छ, तर पनि मकैबाली जोगाउन सकिँदैन। जङ्गली जनावरले खाएर सखाप पारिदिन्छ।”

जङ्गली जनावरको सतावटका कारण मकैखेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ। धेरै किसानले यस्ता समस्याले थलिँदै खेती नै छोड्न थालेका छन्। भोकमरीको डर र श्रमको निष्फलताले ग्रामीण कृषक समुदायमा निराशा थपिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय