दार्चुला:साउन शुक्ल पूर्णिमाको दिन वैदिक सनातन धर्मावलम्बीका लागि श्रद्धा भक्ति र परम्पराको अद्वितीय संगम बोकेको रक्षाबन्धन तथा जनै पूर्णिमा ऋषितर्पणी पर्व आज देशभर हर्षोल्लासका साथ मनाइँदै छ बिहानैदेखि नदी ताल पोखरीमा स्नान गरी गुरु पुरोहितबाट विधिपूर्वक मन्त्रिएको नयाँ यज्ञोपवीत र रक्षासूत्र धारण गर्ने धार्मिक परम्परा पालन भइरहेको छ तागाधारीहरूले जनै फेरेर अरुन्धतीसहित कश्यप अत्रि भारद्वाज विश्वामित्र गौतम जमदग्नि वशिष्ठ र अगस्त्य आठ ऋषिलाई पूजा एवम् तर्पण गर्ने विधि पूरा गरिरहेका छन्
यस दिनलाई सामाजिक रूपमा पनि विशेष बनाउने अर्को पक्ष हो दिदीबहिनी र दाजुभाइबीचको अमूल्य सम्बन्धको उत्सव राखीको त्यो रंगीचंगी डोरी केवल रङ र धागो मात्र होइन मायाको गाँठो र सम्बन्धको प्रतिज्ञा हो
तर यस्ता दिनमा मेरो मनमा भने अर्कै कथा उम्लिन्छ वरिपरिको हरेक दाजुभाइको हातमा चम्किलो राखी बाँधिएको देख्दा मेरो हात भने खाली नै रहन्छ त्यो राखीको स्पर्श दिदीबहिनीको मुस्कान मायाले भरिएका शुभकामना पाउने सौभाग्य यी सबै कुरा म केवल कल्पनामा मात्र महसुस गर्छु मन्दिरको घण्टीजस्तै हृदयभित्र सम्झनाको आवाज गुन्जिरहन्छ तर त्यो आवाजसँगै एउटा खालीपनको गहिरो चिरा पनि महसुस हुन्छ
र यो पीडा केवल मेरो मात्र होइन मजस्तै हजारौं लाखौं दिदीबहिनीविहीन दाजुभाइ र भाइविहीन दिदीबहिनीका हात पनि आज खाली छन् हामी सबैको हृदयमा एउटै शून्यता छ जसलाई राखीको डोरीले कहिल्यै बाँध्न सकेन
रक्षाबन्धनको वास्तविक अर्थ केवल राखी बाँध्नेमा सीमित छैन यो सम्बन्धलाई बचाउने मायाको बन्धनलाई सदैव बलियो बनाउने प्रतिज्ञा हो जसको हातमा राखी बाँधिन्छ उसले सुरक्षा र ममताको जिम्मेवारी लिन्छ र जसको हात खाली रहन्छ उसले त्यो माया नपाउने पीडासँग बाँच्ने सिक्छ
आजको दिन आफ्नो व्यक्तिगत अभावको पीडा मनमा भए पनि म सबैलाई यो पर्वको शुभकामना दिन चाहन्छु दिदीबहिनी र दाजुभाइबीचको स्नेह अझ प्रगाढ होस् र जसको हात आज खाली छ उसको हृदय पनि माया र आत्मीयताले भरियोस् शुभकामना सबैलाई ।
नरेश प्रसाद जोशी समाचार संयोजक जन आवाज तथा सिद्धटोपी खबर पत्रकार

