दार्चुला – दार्चुला उद्योग बाणिज्य संघको कार्यालयमा आन्तरिक राजश्व कार्यालय डडेल्धुराको टोलीले बुधबार र बिहिबार दुई दिनमा २२५ व्यवसायीलाई सेवा प्रदान गरेको छ।

उद्योग बाणिज्य संघ दार्चुलाका अध्यक्ष सुरेशसिंह थापाका अनुसार, भदौ ४ गते बुधबार ६० र भदौ ५ गते बिहिबार १६५ जना गरी दुई दिनमा कुल २२५ जनाले सेवा पाएका छन्। भदौ ७ गतेसम्म सेवा दिने योजना भए पनि समय अभाव र अन्य कारणले दुई दिनमात्र सेवा दिन सम्भव भएको उहाँले जानकारी दिनुभयो।

उद्योगी तथा व्यवसायीलाई सहज सेवा सुनिश्चित गर्न बाँकी सेवा उपलब्ध गराउने तयारी भइरहेको छ। संघको अनुरोधमा डडेल्धुराबाट आएको टोलीलाई शुक्रबार विदाई गरिएको छ।

टोलिले व्यवसाय दर्ता, बन्द, नवीकरण, करचुक्ता लगायत करसम्बन्धी विविध सेवा प्रदान गरेको बताइएको छ। यसले व्यवसायीलाई डडेल्धुरा जानुपर्ने बाध्यता हटाउने काम गरेको अध्यक्ष थापाले उल्लेख गर्नुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय