दार्चुला – सुदूरपश्चिम प्रदेश सरकारले भदौ ८ गते आइतबार अटवारी पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ। प्रदेश सरकारले राजपत्रमा सूचना प्रकाशित गरी साउन २५ गते आइतबारका लागि निर्धारण गरिएको सार्वजनिक विदा भदौ ८ गते कायम गरिएको जानकारी दिएको छ।
सूचनामा भनिएको छ कि सुदूरपश्चिम प्रदेशभर सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा विदा लागू हुनेछ। अटवारी पर्व सम्बन्धि विदा प्रदेश सरकार मन्त्रिपरिषदको साउन १९ गतेको निर्णय अनुसार निर्धारण गरिएको हो।
