दार्चुला । जिल्लाको नौगाड गाउँपालिका लटिनाथ माध्यमिक विद्यालय खारका पूर्वविद्यार्थी समाजले विद्यालय, शिक्षक र विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले करिब ५२ हजार रुपैयाँ सहयोग गरेको छ । विद्यालय परिसरमा आयोजित विशेष कार्यक्रममा उक्त सहयोग रकम वितरण गरिएको हो ।

विद्यालय प्रशासनका अनुसार, २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट जीपीए ल्याउने विद्यार्थी, विद्यालयलाई अनुशासित र लगनशील बनाएर प्रतिष्ठा कायम गर्ने विद्यार्थी तथा आमाबाबु दुवै नभएका विद्यार्थी गरी कुल ७ जनालाई सहयोग प्रदान गरिएको हो । ती सबै विद्यार्थीलाई समानरूपमा जनही रु ५,०५५ का दरले सहयोग गरिएको विद्यालयले जनाएको छ ।

पुरस्कार प्राप्त गर्ने विद्यार्थीमध्ये २०८१ सालको एसईई परीक्षामा ३.१४ जीपीए ल्याउने वसन्ती ठगुन्ना र अपिल ठगुन्ना रहेका छन् । त्यस्तै विद्यालयको नाम उच्च राख्न सफल विद्यार्थीमा कक्षा १२ का बिमल मन्याल र कक्षा १० की रञ्जना धामी सम्मानित भएका छन् ।

आमाबाबु दुवै नभएका विद्यार्थीमध्ये कक्षा ९ का सुभाष मन्याल, कक्षा ६ का पुष्कर लोहार र कक्षा ५ की आरती लोहारलाई समेत सहयोग गरिएको हो ।

यससँगै २०८१ सालको एसईई परीक्षामा विषयगत उत्कृष्ट नतिजा दिने शिक्षकका रूपमा अंग्रेजी विषयका रतनबहादुर भण्डारी (मावि तृतीय तह) लाई सम्मान गरिएको विद्यालय प्रशासनले जानकारी दिएको छ ।

पूर्वविद्यार्थी समाजले विद्यालयको शैक्षिक प्रगति, खेलकुदमा सक्रियता र विद्यार्थीलाई थप हौसला प्रदान गर्न सामाजिक सञ्जालमार्फत समूह गठन गरी रकम संकलन गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय