काठमाडौं । आज (शुक्रबार) देशका विभिन्न प्रदेशमा आंशिकदेखि सामान्य बदली रही वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

विशेषगरी सुदूरपश्चिम प्रदेशमा आज राति तराई भू–भागका केही स्थानमा मध्यमदेखि भारी वर्षा हुने अनुमान गरिएको छ। दिउँसो भने हिमाल र पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ।

काेशी, बागमती र गण्डकी प्रदेशमा दिउँसो कतिपय स्थानमा मध्यम वर्षा र राति थोरै स्थानमा वर्षा हुने देखिएको छ। गण्डकी र कर्णालीका पहाडी भू–भागका केही स्थानमा भने मध्यमदेखि भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

लुम्बिनी प्रदेशमा दिउँसो तराईका थोरै स्थानमा र राति केही स्थानमा मध्यमदेखि भारी वर्षा हुने अनुमान गरिएको छ। मधेश प्रदेशमा भने दिउँसो थोरै स्थानमा र राति केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय