दार्चुला — नेपाल पर्यटन बोर्डको STP परियोजना अन्तर्गत अपिहिमाल गाउँपालिकाको सहजिकरणमा नेपाल पर्वतारोहण संघ (NMA) ले सञ्चालन गरेको पर्वतारोहण (Mountain Guide) तालिमका लागि प्रशिक्षक टोली अपिहिमाल गाउँपालिकाको नौपाटा होम स्टे पुगेको छ।
मुख्य प्रशिक्षक संजिब गुरुङको नेतृत्वमा आएको टोलीलाई आइतबार वेस क्याम्पतर्फ बिदाई गरिएको हो। तालिमको क्रममा टोलीले ल्य्क्युल हिमाल (भव्य चुली) आरोहण गर्नेछ भने प्रशिक्षक र विद्यार्थी सहित ७ जनाले ७,१३२ मिटर अग्लो अपिहिमाल समेत आरोहण गर्ने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ।
बिदाई कार्यक्रममा अपिहिमाल गाउँपालिका अध्यक्षले सम्पूर्ण टोलीलाई सफल आरोहणका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभयो।
