दार्चुला।दार्चुला जिल्लाबाट पत्रकारिता गर्दै आएका पत्रकार हरि प्रसाद जोशीले देश संकटमा परेको अवस्थामा व्यक्तिगत सहयोग गर्ने घोषणा गर्नुभएको छ।
न्युज २४ टेलिभिजनका जिल्ला संवाददाता समेत रहनुभएका जोशी प्रेस सेन्टर नेपाल दार्चुलाका अध्यक्ष र नेपाल पत्रकार महासंघ दार्चुला शाखाका सहसचिव हुनुहुन्छ। उहाँले सूचना, विज्ञापन र डकुमेन्ट्रीबाट कमाएको रकममध्येबाट बचत गरी जम्मा गरिएको रु. ५०,७५३ (पचास हजार सात सय त्रिपन्न) सहयोगस्वरूप जिल्ला प्रशासन कार्यालय दार्चुला मार्फत नेपाल सरकारलाई हस्तान्तरण गर्ने घोषणा गर्नुभएको हो।
जोशीले भन्नुभयो, “सहानुभूति मात्रै जताएर मेरो देशको घाउ निको हुने वाला छैन। त्यसैले मैले व्यक्तिगत रुपमा संकलन गरेको रकमबाट सहयोग गर्ने निर्णय गरेको हुँ।”
त्यस्तै उहाँले गतिशील न्युज मार्फत यस्ता संवेदनशील घडीमा सहयोग गर्ने महानुभावहरुलाई सम्झिँदै देश र जनताको अस्तित्वलाई जोगाउन सबैलाई सक्दो सहयोग गर्न आह्वान समेत गर्नुभएको छ।
