दार्चुला । दार्चुला जिल्लाको नौगाड गाउँपालिका–६ स्थित खेडा क्रिकेट मैदानमा आज (असोज ११ गते)देखि नौगाड क्रिकेट कप सुरु भएको छ ।
यस प्रतियोगितामा जम्मा ११ टोलीको सहभागिता रहेको उपेन्द्र सिंह ठगुन्ना खर्कालोले जानकारी पठाएको छ। । खेलहरू दुई समूहमा विभाजन गरी सञ्चालन हुनेछन् ।
ग्रुप ‘ए’ मा ६ टोली रहेका छन् जसले प्रत्यक चार/चार खेल खेल्नेछन् भने ग्रुप ‘बी’ का ५ टोलीले पनि चार/चार खेल खेल्नेछन् । समूह चरणमा जम्मा २२ खेल हुनेछन् ।
समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
