बैतडी: बैतडीको डिलासैनी गाउँपालिका–६ नेगाउस्थित निङ्गलाशैनी भगवती मन्दिरमा आज भव्य जात्रा सम्पन्न भएको छ। घटस्थापनादेखि निरन्तर चल्दै आएको पूजा अर्चनापछि महाष्टमीका दिन दश रागाको बलिसहित जात्राको समापन गरिएको मन्दिरका मुखिया अजब सिंह मालले जानकारी दिनुभएको छ।

परम्पराअनुसार निङ्गलाशैनी भगवती मन्दिरमा महासप्तमीका दिन बलिका लागि राँगा बाँध्ने र महाष्टमीका दिन राँगाको बलि दिने चलन रहेको छ। शरदीय नवरात्रको महासप्तमी र महाष्टमीमा यस मन्दिरमा विशेष जात्रा लाग्ने गर्दछ। आजको दिन दर्शनका लागि सयौं श्रद्धालु मन्दिरमा पुगेका थिए।

निङ्गलाशैनी भगवती मन्दिरमा वर्षमा चारपटक जात्रा लाग्ने परम्परा छ। असोजको महाष्टमी र चैत्राष्टमीमा बलिसहित जात्रा हुने गर्दछ भने मंसिर शुक्ल पूर्णिमा (धान्य पूर्णिमा) र भाद्र शुक्ल चतुर्दशी (अनन्त चतुर्दशी)मा जात्रा लाग्ने गर्दछ। तर, पछिल्ला वर्षहरूमा मंसिर र भाद्रमा लाग्ने जात्रामा बलि दिने परम्परा रहँदैन भन्ने स्थानिय वासिन्दा भाष्कर मालले जानकारी दिनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय