बैतडी — चर्चित लोक तथा देउडा गायक धर्मेन्द्र मल्लको नयाँ सिर्जना “भरियो जोवन” सार्वजनिक भएको छ। लभ लाईट म्युजिक स्टुडियोको आधिकारिक युट्युब च्यानलमार्फत भिडियोसहित सार्वजनिक गरिएको यस गीतले माया र जोवनको भावलाई समेटेको छ।

गायक मल्लकै शब्द, संगीत र स्वरमा तयार यो गीतमा गायिका गौरी भट्टले साथ दिएकी छन्। गीतलाई म्यूजिक प्लस स्टुडियोमा रेकर्ड गरिएको हो भने मनोज परियारले मिक्स माष्टर र गोपाल दयालले एरेन्ज गरेका हुन्।

डिफ्युज फिल्म स्टुडियो डडेल्धुराले पोष्ट प्रोडक्सन गरेको भिडियोको निर्देशन तथा सम्पादन सुर्यप्रकाश धामीले गरेका हुन्। भिडियोमा रक्की चन्द (राजु) र संगिता मल्लले अभिनय गरेका छन्। गायक मल्लकै गाउँ डडेल्धुराको अजयमेरु गाउँपालिका–०६ राजुलको रमणीय परिवेशमा गीतको दृश्यांकन गरिएको हो।

माया–प्रेमको भावनामा आधारित यो गीतमा स्थानीय युवाहरूले उत्साहपूर्वक देउडा नाच प्रस्तुत गरेका छन्। आफ्ना सिर्जनाप्रति दर्शक–श्रोताको सल्लाह र सुझाव अपेक्षा गर्दै गायक मल्लले सबैलाई गीत हेर्न आग्रह गरेका छन्।

🎵 गीत हेर्नका लागि तलको लिङ्कमा क्लिक गर्नुहोस्:

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय