दार्चुला: कञ्चनपुरको महेन्द्रनगरबाट दार्चुला खलंगातर्फ जाँदै गरेको महाकाली यातायातको बसमा सवार एक महिलाको मृत्यु भएको छ। बैतडी सिगास गाउँपालिका घर भएकी करिब ४५ वर्षीया जानकी चन्द मालिकार्जुन आसपास पुग्दा बेहोस अवस्थामा भेटिएकी थिइन्।

प्रहरीका अनुसार बिहान उठाउन खोज्दा नउठेपछि जानकारी गराईएको थियो। पछि प्रहरीले आफ्नै गाडीमा अस्पताल पु¥याएको भए पनि जिल्ला अस्पतालमा चिकित्सकले चन्दलाई मृत घोषणा गरेका थिए।

विवाहमा सहभागी हुन हिकिला जाँदै गरेकी चन्दको घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय