मुक्तक 1)

सोधे कसैले को भनि चिनाउछौ भन त
तिम्रो पनि आफ्नो मान्छे छ केरे छन त
कसरी मागु भन भाग्यमै नभएको कुरा
मलाई पनि मन थियो तिम्रै नै भैरहन त

2)

मुस्कुराइएको तस्बिर हेरि जलिरहे म
माला लगाइ दियो बनी बलिरहे म
मरेको मान्छे कहाँ फर्किदो रहेछ र
आसै आशमा मन्दिर धाउदै चलिरहे म

3)

आमा नहुँदा आफ्नै घर पनि घर लाग्दैन

गाँउ घर भन्दा ठुलो मलाई सहर लाग्दैन

चिल्ला, मिठा कुरा जसले जति गरे पनि

परिवार भन्दा अरुको खासै भर लाग्दैन्

4)

तिमीले सम्झनामा आइदिए के जान्थ्यो

सकेसम्म अनुहार देखाइदिए के जान्थ्यो

आजसम्म केही गर्न सकिनौँ मेरा लागि,

बस् एउटा तस्बिर पठाइदिए के जान्थ्यो।

5)

मुक्तक

आउँछन् यी सपनाहरू नशा पिउने गर्छन्

त्यसैले मेरा चाहनाहरू नशा पिउने गर्छन्

नानाथरी सोच्नु पर्दैन मेरा भावनाहरूमा,

बेलाबेला यी रचनाहरू नशा पिउने गर्छन्।

6)

बिचार गर ओखती खाउ कसले भन्छ यहाँ

नभए ठिक मलम लगाउ कसले भन्छ यहाँ

आखिर परदेशमा बस्न मिल्दैन यो कामले,

दुख्छन् होला है ति पाउ कसले भन्छ यहाँ।

7)

सुम्पिएर सबै तन मन एक्लो भए म,

पूरा नभएरै कुनै बचन एक्लो भए म,

जसलाई आफ्नै सम्झी दिलमा सजाएँ,

उसैले तोडेपछि बन्धन एक्लो भए म,

८)

लिएर काँधमा जिम्मेवारीको भार मुस्कुराउनुपर्छ

राखि आफ्ना रहरहरूलाई किनार मुस्कुराउनुपर्छ

जति दुःख, कष्ट, पीडाहरू आए पनि जिन्दगीमा,

हजुर हामी छोरा मान्छेले लगातार मुस्कुराउनुपर्छ।

मुक्तककार प्रकाश लावड प्रर्म

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय