दार्चुला । दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिका–६ ककानाडी स्थित सिद्दकोट कृषि समूहका सदस्य सुके महरका भेडामाथि बाघले आक्रमण गरेको छ ।

भेडा चरन क्षेत्र जंगलबाट साँझ गोठ फर्काउने क्रममा बाघले आक्रमण गर्दा १० वटा भेडा मृत अवस्थामा फेला परेका छन् भने ७ वटा भेडा अझै बेपत्ता छन् ।

बेपत्ता भेडाको खोजीका लागि कृषि समूहका सदस्यहरूले जंगल क्षेत्रमा खोजी कार्य जारी राखेका छन् ।

घटनापछि स्थानीय किसान तथा कृषि समूहका सदस्यहरू त्रासमा परेका छन् । पीडित पक्षले सम्बन्धित निकाय तथा सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै क्षतिपूर्तिको व्यवस्था गर्न र बस्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्न माग गरेका छन् ।

हालसम्म बेपत्ता भेडाको खोजी कार्य जारी रहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय