दार्चुला । अगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली काङ्ग्रेस दार्चुलाको तर्फबाट उम्मेदवार बनेका धर्मानन्द जोशी र समानुपातिक तर्फका उम्मेदवार करबिर बहादुर कार्की लगायतको टोलिलाई शैल्यशिखर नगरपालिका वडा नम्बर २ रौत्यौडाका काङ्ग्रेसप्रती आस्थावान स्थानीय नेता कार्यकर्ताले बाजागाजा र फुलमालाले भब्य स्वागत गरेको नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य नवीन जोशिले जानकारी दिए ।
प्रचारप्रसारका क्रममा घरदैलो एवं भेटघाट कार्यक्रममा शैल्यशिखरको वडा नम्बर २ का वडा सभापतिले अहिलेको चुनाव विषम परिस्थितिमा भैरहेको र अहिले काङ्ग्रेसले जेन्जिको मर्म भावना अनुरुप पार्टीलाई रुपान्तरण गरेर वेदाग ईमानदार व्यक्ति दार्चुलाको माटोमा जन्मिएर राष्ट्र अन्तर्राष्ट्रिय क्षेत्रमा मानव अधिकार,राजनीति,दन्द्व व्यवस्थापन,सुरक्षाका क्षेत्रमा काम गरेको अनुभवी व्यक्ति,आफ्नो व्यक्तिगत पहलमा विभिन्न सामाजिक एवं परोपकरी काम गरेर समाजसेवामा समर्पित भएको व्यक्तिलाई दार्चुला काङ्ग्रेसले उम्मेदवार बनाएको र ईतिहासमै पहिलोपटक काङ्ग्रेसले संघिय सांसदको उम्मेदवार लेकम,चौलानी वेल्टमा पाएकोले शैल्यशिखरको २ नम्बर वडा बाट फागुन २१ मा रुखमा मतदान गरि काङ्ग्रेसलाई अत्यधिक मत दिएर विजयी गराउनुपर्ने बताए । भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै काङ्ग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार धर्मानन्द जोशीले आफू सत्ता प्राप्तिको लागी नभई जनताको सेवाको लागी,राजनीतिलाई मर्यादित बनाएर सुशासन र भ्रष्टाचारको विरुद्धमा आफ्नो उम्मेदवारी रहेकोले जनताको सेवा गर्ने आफ्नो पवित्र भावनालाई साथ दिदै जनताको आशिर्वाद प्राप्त गरेर आफू विजयी हुनेमा अहिलेसम्मको घरदैलोमा जनताले देखाएको स्नेहले विश्वस्त भएको बताएका छन् ।
काङ्ग्रेसले मात्रै जेन्जी आन्दोलनको मर्म भावना अनुसार नीति नेतृत्व,व्यक्ति,व्यक्तित्वमा परिवर्तन गरेर परिवर्तनको आवाज आत्मसात गरेकाले र दार्चुलामा अन्य उम्मेदवार भन्दा काङ्ग्रेसको उम्मेदवार योग्यता,ईमान्दारिता,निष्ठा,र विकास निर्माण प्रतिको दृष्टिकोणले अब्बल भएकोले काङ्ग्रेसका उम्मेदवारलाई विजयी गराउन विभिन्न पार्टी परित्याग गरेर २२ जनाले काङ्ग्रेस प्रवेश गरेका काङ्ग्रेसका महासमिति सदस्य हरक बिष्टले जानकारी दिए।
भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा नेपाली काङ्ग्रेसका प्रदेश सदस्य मदन गिरि,महासमिति सदस्य जगदीश बहादुर पाल लगायत स्थानीय नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।
प्रवेश गर्नेको नामावली तपशिल अनुसार रहेको छ ।
१)सर्पे ओड
२)मदन ओड
३)जयविर लोहार
४)राम पार्की
५)डम्बर ओड
६)केशव पार्की
७)किसन ओड
८)पर्मा ओड
९)सन्दीप ओड
१०)नौने लुहार
११)गगने ओड
१२)खेमराज महर
१३)पुष्कर ओड
१४)निर्मला ओड
१५)गङ्गा ओड
१६)दुरा ओड
१७)नमराज ओड
१८)रमेश ओड
१९)माधव भट्ट
२०)देव महर
२१) अरुण कपाडी
२२)कृष्ण कपाडी

