दार्चुला  । नेपाल प्रहरीका बहालवाला प्रहरी हवलदार मृत फेला परेका छन् । यहाँको जिल्ला प्रहरी कार्यालय अन्तर्गत महाकाली नगरपालिका–४ बाङ्गाबगडमा सामुदायिक प्रहरीमा कार्यरत अन्दाजी ३८÷४० वर्षिय प्रहरी हवलदार योगेन्द्रसिंह घर्ती मृत फेला परेको महाकाली नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जगतबहादुर चुनाराले जानकारी दिनुभयो ।

प्रहरी हवलदार घर्ती बाङ्गाबगड तल्लो बजारको पछाडी पट्टी मृत फेला परेको उहाँले बताउनुभयो । घट्ना सोमबार राती भएको हुन सक्ने उहाँले बताउनुभयो । प्रहरी हवलदार घर्तीको हत्या भएको हुन सक्ने अनुमान गरिएको छ ।
मृतक हवलदार घर्तीको टाउकोमा ४÷५ वटा ठुलो घाउहरु रहेको प्रत्यक्षदर्शी एवम् वडा अध्यक्ष चुनाराले जानकारी दिनुभयो । घर्तीको चक्कु प्रहारबाट मृत्यु भएको हुन सक्ने उहाँले अनुमान गर्नुभयो । “मृतक प्रहरी हवलदार हाम्रै नजिकको भाइ हो, घट्ना शंकास्पद जस्तो देखिन्छ, उहाँले भन्नुभयो ।”

मृतक प्रहरी हवलदार दार्चुलाको महाकाली नगरपालिका–४ बीच बजारका स्थानीय भएको उहाँले बताउनुभयो । अहिले प्रहरीले घट्ना स्थल मुचुल्का तयार पारी शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुला पठाइएको उहाँले घट्ना स्थलबाट जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय