दार्चुला । प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्यामा संलग्न आशङ्कामा ३ जना पक्राउ परेका छन ।

हत्यामा संलग्न आशङ्कामा ३ लाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा महाकाली नगरपालिका ४ बस्ने दिपिका फर्सवान, मानमती आउजी र प्रेम बहादुर बोहरा रहेका छन्।

सामुदायिक प्रहरी सेवा केन्द्रमा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्या भएको छ।

उनी आज मंगलबार मृत फेला परेका थिए। महाकाली नगरपालिका–४ बांगाबगडास्थित एउटा होटलको पछाडि उनी मंगलबार मृत भेटिएका थिए। उनको टाउकोमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको हुनसक्ने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी पदमबहादुर बिष्टले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय