दार्चुला । दार्चुलामा नयाँ वर्षको २०८३ को अवसर पारेर दुर दृष्टि डिजिटल प्रालि शाखा कार्यालय दार्चुलाले खुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको छ । आइतबार प्रालिले एक सार्वजनिक सूचना जारीगदैँ प्रतियोगिता आयोजना हुने जनाएको छ । पब्लिक प्रहरी ब्याडमिन्टन हलमा चैत १३ गतेदेखि प्रतियोगिता हुन लागेको आयोजकले जनाएको छ। नयाँ वर्षको अवसरमा हुन लागेको ब्याडमिन्टन प्रतियोगिताको नाम दर्ता चैत १२ गते बेलुकी ५ बजेसम्म राखिएको छ । आयोजक दुर दृष्टिले टिमदर्ता शुल्क १ हजार रुपैयाँ राखेको छ ।

खेल नक आउट चरणमा खेलाइने बताइएको छ । टिम दर्तागर्दा दुबैजना खेलाडीको पूरानाम दिन भनेको छ । प्रतियोगिताको प्रथम पुरस्कार ११ हजार १११ नगदका साथै मिक्चर २ थान र सिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजक दुर दृष्टि डिजिटल प्रालि शाखा कार्यालय दार्चुलाका सम्पर्क व्यक्ति प्रेमराज जोशीले जानकारी दिए । द्धितिय पुरस्कारमा ५ हजार ५५५ नगदका साथै २ थान हिटर र सिल्ड मेडल र प्रमाण पत्र प्र्रदान गरिने उनले बताए । तृतिय पुरस्कारमा २ हजार २२२ रुपैयाँका साथै इलेक्ट्रिक जग २ थान सिल्ड मेडल र प्रमाण पत्र प्र्रदान गरिने आयोजकले जनाएको छ ।
