दार्चुला । जिल्लामा सोमबार राति ७ जना जुवाडे नगदसहित पक्राउ परेका छन् । सदरमुकाम खलंगास्थित महाकाली नगरपालिका–४ तल्लासैनमा रहेको अपि रेस्टुरेन्ट भित्र जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
मोहनसिंह बिष्टले संचालन गरेको अपि रेस्टुरेन्टबाट प्रहरीले नगद ५० हजार २०५ र २ गड्डी ताससहित सातै जनालाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी हेमराज भट्टले जानकारी दिए । प्रहरीले उनीहरुमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ ।
