धनगढी, बैशाख २८ ।* राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले महाकाली अञ्चल समिति गठन गरेको छ। महाकाली अञ्चल संयोजक चक्र देव जोशीद्वारा २०८३ बैशाख २८ गते हस्ताक्षरित पत्रमार्फत १८ सदस्यीय अञ्चल समितिको घोषणा गरिएको हो।

अभियानले महाकाली अञ्चलका बैतडी, दार्चुला, डडेल्धुरा र कञ्चनपुर गरी चारवटै जिल्लाको प्रतिनिधित्व हुने गरी समिति विस्तार गरेको छ। समितिमा सरकारी तथा निजामती सेवामा कार्यरत, नेपाली सेना, नेपाल प्रहरीबाट सेवा निवृत्त एवम् सामाजिक, धार्मिक तथा राजनीतिक क्षेत्रमा लामो समयदेखि क्रियाशील व्यक्तित्वहरूलाई समेटिएको छ।

*नवनियुक्त पदाधिकारीहरू:*
कञ्चनपुरका धर्मानन्द जोशी र राम प्रसाद अर्याललाई सह-संयोजकको जिम्मेवारी दिइएको छ। त्यस्तै डडेल्धुराकी निर्मला ओझा सावद अञ्चल समिति सदस्य एवम् सचिवालय सदस्य, कञ्चनपुरकी लक्ष्मी विष्ट भट्ट अञ्चल समिति सदस्य एवम् महिला संगठन संयोजक र कञ्चनपुरकै विर बहादुर वम P.D.F. संयोजक तोकिएका छन्।

*अञ्चल समिति सदस्यहरू:*
दार्चुलाबाट खडक बहादुर वम र डम्बर बहादुर कुँवर, बैतडीबाट डि.वि. विष्ट र प्रेम सिंह धामी, डडेल्धुराबाट विर बहादुर साह र राधिका देवी भट्ट तथा कञ्चनपुरबाट भजना राना, गोविन्द बहादुर विष्ट, भागरथी विष्ट, गौरी विष्ट, राम कुमारी डगौरा, सन्तोषी राना र अमर नेपाली सदस्यमा मनोनित भएका छन्।

*समितिको मुख्य उद्देश्य:*
अभियानले संगठनको अनुशासनमा रहि समाजमा विद्यमान अन्याय, अत्याचार, भ्रष्टाचार, विकृति-विसंगति र शोषणको अन्त्य गर्ने लक्ष्य लिएको छ। त्यस्तै सहकारी तथा बैंकबाट पीडित, मिटरब्याज पीडित, बैंकको कालोसूचीमा परेका व्यक्ति र वर्षौंदेखि ऐलानी तथा प्रतिजग्गामा बसोबास गर्दै आएका भूमिहीन नागरिकको हकहित संरक्षणका लागि काम गर्ने जनाएको छ।

नेपाल सरकार र नागरिक बचाउ महाअभियानबीच भएको १२ बुँदे सहमति कार्यान्वयन गर्न समेत नयाँ समितिलाई निर्देशन दिइएको छ। महाकाली अञ्चल संयोजक चक्र देव जोशीले नवनियुक्त सबै पदाधिकारी तथा सदस्यहरूको कार्यकाल पूर्ण सफलताको शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय