बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा भिरबाट खसेको ढुंगा लागेर एक महिला वडा सदस्यको ज्यान गएको छ । मृतक बुढीगंगा–३ की वडा सदस्य ३७ वर्षीया कल्पनादेवी थापा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

घटना अहिले साँझ साढे पाँच बजेतिरको रहेको जिप्रका बाजुराका सूचना अधिकारी इन्स्पेक्टर नरेशबहादुर शाहीले जानकारी दिए ।

शाहीका अनुसार बुढीगंगा–३ गुइँगाड भएकी वडा सदस्य थापा बुढीगंगा नगरपालिका–६ को फालासैन बजारबाट पैदलै घर फर्किरहेको अवस्थामा भिरबाट खसेको ढुंगा लागेको थियो । सो ढुंगाले उनलाई धकेलेर पैदलबाटोबाट धकेलेर करिब ५० मिटर तल सडकसम्म लडाएको स्थानीयवासीले प्रहरीलाई जानकारी दिएको इन्स्पेक्टर शाहीले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय