बैतडी/ बैतडीमा लागू औषध खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्।
जिल्लाको दशरथचन्द नगरपालिका–४ गोठलापानीका ३१ वर्षीय प्रवीन भट्टलाई १ सय ४० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार विशेष सूचनाको आधारमा बुधबार दिउँसो खटिएको प्रहरी टोलीले भट्टलाई पक्राउ गरेको हो।
पक्राउ परेका भट्टको साथबाट १ सय ४० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।
उनीमाथि लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए।
