दिपक खाती, दार्चुला । जिल्लाको ब्याँस गाउँपालिका वडा नम्बर १ मा रहेको नेपाल चीनको सिमानाका टिंकर नाका तेस्रोपटक खुले संगै सोमबार (आज) थप २२ जना व्यापारी चीनको ताक्लाकोट बजार पुगेका छन् ।
चीन तिब्बत प्रशासनले आज तेस्रोपटक ताक्लाकोट प्रवेशका लागि टिंकर नाका खोले संगै यी ब्यापारीहरु त्यहा पुगेका हुन । यही असार ९ गते पहिलोपटक नाका खुलेर पहिलोपटक ६२ र दोस्रोपटक असार १८ गते नाका खुलेर दोस्रोपटक २७ जना व्यापारीहरु टिंकर नाका बाट चिन तिब्बतको ताक्लाकोट प्रवेश गरेका थिए ।
जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको नेपाल–चीन प्रवेश अनुमतिपत्रका आधारमा दार्चुलाका स्थानीय चीनको ताक्लाकोट बजारसम्म जान पाउँछन् । ब्याँस क्षेत्रका शौका समुदाय र केही अन्य क्षेत्रका व्यापारीले ताक्लाकोटमा परम्परागत रुपमा व्यापार व्यवसाय गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय